देशका धेरै ठाउँमा गर्मी बढेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार देशका प्राय सबैजसो ठाउँमा तापक्रम बढेको छ । उहाँका अनुसार तराईका जिल्लाको तापक्रम ३४–३५ डिग्री सेल्सियस भन्दा माथि छ । केही ठाउँको मौसम आंशिक बद्ली भए पनि जमिन तात्तिएकाले गर्मी महसुस भएको मौसमविद्ले बताउनभएको छ । केही दिनसम्म मौसम बद्ली भई पानी परेको र त्यस पछि मौसम सफा भई घाम लागेकाले जमिन तात्तिँदा बढी गर्मी महसुस भएको मौसमविद् अर्यालले बताउनुभयो । मौसम सफा भएर जमिन तात्तिएकाले रातको समयमा पनि गर्मी महसुस हुन थालेको छ । एक दुई दिन मौसम यस्तै रहने अनुमान छ । तर, प्रि मनसुनको समय भएकाले दिउँसो पछि केही ठाउँमा हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । आउँदो मंगलबारदेखि भने प्रि मनसुन थप सक्रिय भएर धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । यसैबीच, गर्मी बढेकाले प्रशस्त पानी पिउन डाक्टरले सुुझाव दिएका छन् । गर्मीको बेला शरीरमा पानीको अभाव हुँदा स्वास्थ्य समस्या देखिने र केहीलाई डिहाइड्रेशनको समेत हुन सक्ने डाक्टरले बताएका छन् ।
देशका धेरै ठाउँमा गर्मी
प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार ११:५४
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech