आउँदो २५ गतेदेखि दिइने खोपका लागि काठमाण्डौ महानगरपालिकाका हरेक वडामा खोप केन्द्र

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

लुदअ जेठ २२, काठमाण्डौ
काठमाण्डौ महानगरपालिकाले आउँदो २५ गतेदेखि ६० देखि ६४ वर्षसम्मकालाई दिइने कोरोना विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय समितिलाई पत्राचार गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधारमा जिल्ला स्वास्थ्य कार्यालय र महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागबीच बैठक बसेर हरेक वडामा एकरएक खोप केन्द्र सञ्चालन गर्ने निर्णय गरेको छ । यही निर्णयका आधारमा वडाको खोप केन्द्र वडाबाट तोक्नका लागि पत्राचार गरिएको हो । ६० देखि ६४ यी उमेर समूहका व्यक्तिका लागि चीनले अनुदानमा दिएको भेरोसेल खोपको पहिलो मात्रा दिन लागिएको हो ।

सरकारले खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपङ्क्तिमा खटिनेका लागि, त्यसपछि ६५ वर्षदेखि माथिल्लो उमेर समूहका व्यक्तिका लागि र तेस्रोमा १८ देखि ५९ वर्षका व्यक्तिलाई खोप दिएको थियो ।

 


प्रकाशित : २०७८ जेष्ठ २२, शनिबार १२:०२