डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

२३ जेठ, काठमाडौं ।
डेनमार्क सरकारले नेपाललाई अनुदानमा १४ लाख डोज खोप दिने भएको छ ।

डेनिस सरकारले स्वास्थ्य सेवा विभागलाई पत्र लेखेर एस्ट्राजेनेकाको खोप उपलब्ध गराउने जानकारी गराएको स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन महाशाखाका भमि सिंह टिकंरीले जानकारी दिए ।

उनका अनुसार डेनिस सरकारले उपलब्ध गराउने खोपका लागि सहजीकरण गरिदिन विभागले युनिसेफलाई आग्रह गरिसकेको छ ।

नेपाललाई हालसम्म चीनले १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ भने भारतले ११ लाख ९भारतीय सेनाले नेपाली सेनालाई दिएको एक लाख समेत० खोप उपलब्ध गराएको छ । कोभ्यास कार्यक्रमार्फत ३ लाख ८४ हजारभन्दा बढी डोज खोप पनि आएको छ ।

पछिल्लो पटक अमेरिकाले पनि कोभ्याक्स कार्यक्रममार्फत खोप उपलब्ध गराउने घोषणा गरेको छ ।

नेपालले भारतको शेरम इन्स्टिच्युटसँग २० लाख डोप कोभिसिल्ड खोप खरिद गरेको थियो । त्यसमध्ये १० लाख डोप आएपनि बाँकी १० लाख अझै आएको छैन ।


प्रकाशित : २०७८ जेष्ठ २३, आईतवार ११:१३