जेठ २३
रुपन्देहीमा क्रियाशिल ५ राजनीतिक दलले सत्ता टिकाउन राष्ट्रिय श्रोत साधनलाई निहित स्वार्थ साधनको रुपमा दुरुपयोग गर्न खोजिएको आरोप लगाएका छन् । सरकारले बजेट मार्फत ढु्ंगा गिट्टी निकासी गर्न दिने घोषणा गरेपछि जिल्लाका कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले त्यसको विरोध गरेका हुन् ।आज संयुक्त विज्ञप्ती जारी गरी ५ दलले बजेट घाटा पुर्ति गर्ने भ्रम श्रृजना गर्देै राष्ट्यि श्रोत साधनको दोहन गर्ने नियतका साथ यस प्रकारको निर्णय भएको उल्लेख गर्दै ’नेपालको वातावरणीय क्षेत्रमा दुरगामी असर पर्छ भन्ने सामान्य आकलन समेत नगरी गरिएको यो निर्णय आफैमा आत्मघाती हो भन्ने ठहर रहेको बताएका छन् । विज्ञप्तिमा अहिले प्रदेश सरकार, स्थानीय तह र प्रशासनको मिलेमतोमा रुपन्देहीका तिनाउ नदी, रोहिणी नदि, घोडाहा लगायतका नदीबाट अनियन्त्रीत रुपमा नदीजन्य पदार्थको उत्खनन् र निकासी भएको भन्दै तत्काल रोक्न उनीहरुले माग गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *