
सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाको गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्वहाली गर्न आदेश दिएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलाशले थापालाई प्रदेश सभा सचिवालयले गरेका पदमुक्ति लगायतका सबै कारवाही मुद्दाको अन्तिम किनारा नलागे सम्म बदर गर्न अन्तरिम आदेश दिएको हो । सुविधा र सन्तुलनको हिसालबे अतुलनीय क्षति हुने देखिएको भन्दै अदालतले थापालाई प्रदेशसभा सदस्य पदमा पुनर्वहाली गर्न आदेश दिएको हो ।