तिलोत्तमा
रूपन्देहीको तिलोत्तमामा बन्न लागेको प्रादेशिक बस टर्मिनलको लागि बजेटको सुनिश्चितता भएको छ । वडा नं। १३ र १४ टिकुलगढमा निर्माण हुने प्रादेशिक बस टर्मिनलको टेण्डर प्रक्रियाको लागि संघीय सरकारबाट १ करोड ६६ लाख बजेट सुनिश्चित भएको छ। नगरपालिकाको प्रस्तावमा निर्माण हुन लागेको बस टर्मिनल संघको ७० प्रतिशत र प्रदेशको ३० प्रतिशत लगानी साझेदारीमा निर्माण हुन लागेको हो।
टर्मिनल निर्माणका लागि संघीय सरकारको अर्थ मन्त्रालयबाट बिनियोजन भएको बजेट लुम्बिनी प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा बजेट आएको तिलोत्तमा नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए । आन्तरिक स्रोतबाट निर्माण पूरा नहुने भएकाले तिलोत्तमाले यसमा सघाउन संघ र प्रदेश सरकारलाई आग्रह गरेको थियो । बस टर्मिनल बत्र लागेको १८ बिगाहा जग्गा तिनाउ नदी उकास हो । यहाँ पुग्न बुटवल – बेलहिया सिक्सलेनको पत्थरडाँडाबाट ६ किलोमिटर छ।
बुटवल तथा भैरहवामा विद्यमान बसपार्कले सवारीसाधनको चाप थेग्न नसकिरहेको अवस्थामा तिलोत्तमाले प्रादेशिक बस टर्मिनल निर्माण प्रस्ताव गरेको नगरप्रमुख घिमिरेले बताए । उनले भैरहवामा निर्माण सम्पत्र हुने क्रममा रहेको अन्तर्राष्ट्रिय विमानस्थलदेखि नजिकै रहेकाले टिकुलीगढमा आधुनिक बस टर्मिनल उत्कृष्ट विकल्प रहेको बताए । निर्माण सम्पत्र गर्नको लागि १ अर्बभन्दा धेरै लाग्ने भएपनि बहुवर्षे कार्यक्रम अन्र्तगत हरेक वर्ष संघ र प्रदेश सरकारले बजेट छुट्टाउने बताए । नगरपालिकाले चालु आर्थिक वर्षमा डिपिआर र जग्गा तारबारका लागि एक करोड रुपैयाँ विनियोजन गरिसकेको थियो । अन्तर्राष्ट्रिय विमानस्थल र लुम्बिनी भ्रमणको लागि आउने यात्रुलाई लक्षित गरि बस टर्मिनलको अवधारणा अगाडि सारिएको उनले बताए ।