
अझै केहीदिन देशका अधिकासं स्थानमा गर्मी कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो भैरहवाको तापक्रम झण्डै ४० डिग्री सेल्सियसमा पुग्यो भने नेपालगञ्ज, धनगढी, जनकपुरलगायतका ठाउँमा पनि तापक्रम ३८ डिग्री भन्दा उकालो लागेको थियो । अझै केही दिन तापक्रम हिजोको जस्तै रहेर गर्मी कायमै रहने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । आज काठमाण्डौ उपत्यकाको तापक्रम अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियसको बीचमा रहने अनुमान गरिएको उहाँले बताउनुभयो । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव पाँच डिग्री सेल्सियस रहेको थियो ।

