नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने

ByLumbini Darpan Online

२७ जेष्ठ २०७८, बिहीबार ०८:१५ २७ जेष्ठ २०७८, बिहीबार ०८:१५ २७ जेष्ठ २०७८, बिहीबार ०८:१५

नेपालमा यस वर्ष औसतभन्दा बढी पानी पर्ने र अहिले पश्चिमी वायु, पूर्वीय वायु तथा स्थानीय वायुको मिश्रित प्रभाव नेपालमा रहेको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केही दिनमा मनसुन नेपालमा भित्रिसक्नेछ । नेपालमा मनसुन भित्रिन एक–दुई दिन लाग्ने देखिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो । नेपालमा यस वर्ष औसतभन्दा धेरै पानी पर्ने अनुमान गरिएको मौसमविद श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आएको र त्यो पूर्वी क्षेत्र हुँदै देशभर फैलने र सामान्यता पर्ने १५ सय मिलिमिटर भन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ । यसैविच वर्षाका कारण हुन सक्ने संभावित क्षति न्यूनिकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति पश्चिम नवलपरासीले कार्य योजना बनाएको छ । हरेक वर्ष वर्षाका कारण जिल्लामा धनजनको क्षति हुँदै आएपछि विपद् व्यवस्थापन समितिले सरकारी निकाय र सरोकारवालाको सहभागितामा पूर्वतयारीका लागि ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ बनाएको हो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रको अध्यक्षतामा आज सम्पन्न बैठकले वर्षाका कारण पहिरो र डुबानका कारण जोखिममा पर्ने बस्ती र स्थानीयवासीहरुको सहयोगका लागि राहत तथा आवश्यक उद्दार सामाग्रीहरु तयारी अवस्थामा राख्न सरोकारवालाहरुलाई आग्रह गरेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *