
जेठ २७
गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ बर्षीय महेन्द्र यादवको हत्यामा संलग्न पाँच जनाालई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ कै पाँच जनालाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा मनौराका २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका छन् । गत आइतबार बिहान साढे ६ बजे ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक सहितको टोलीले याादवको शव फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने सोचले योजनाबद्ध रुपमा यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला अदालत रुपन्देहीबाट १० दिनको म्याद लिई उनीहरुमाथि अनुसन्धान अगाडी बढाइएको प्रवक्ता चन्दले जानकारी दिनुभयो ।

