वरिष्ठ लोकगायक बुद्धिसागर बस्याललाई पितृशोक !

[sharethis-inline-buttons]

२८ जेठ, काठमाडौं
वरिष्ठ लोकगायक बुद्धिसागर बस्याललाई पितृशोक परेको छ । बिहीबार उनका पिता लोकनाथ बस्यालको निधन भएको हो । ९० वर्षीय बस्यालको स्याङ्जाको गल्याङ्ग नगरपालिका वडा नं( १, मालुङ्गास्थित रहेको घरमै बिहीबार साँझ निधन भएको बस्यालले जानकारी दिए ।

गायक बस्यालका अनुसार बुबा केही रोग नभएपनि केहीदिनदेखि अस्वस्थ देखिएका थिए । केही दिनदेखि अलि असहज महसुस गर्दै आएका लोकनाथको बुधबार हिन्दु धर्म परम्पराअनुसार बैतर्नी गाइदान पनि गरिएको थियो ।

लोकनाथका श्रीमती पाँच छोरा र दुई छोरी छन् । गायक बुद्धिसागर बस्यालका काइँलो छोरा हुन् ।

लामो समयदेखि क्यानाडामा बसोबास गरिरहेका गायक बस्याल दुईवर्षदेखि नेपालमै छन् । पोखरामा झलकमान गन्धर्वका विषयमा डकुमेन्ट्री तयार पार्न उनी नेपाल आएका हुन् । त्यसयतादेखि उनी क्यानाडा फर्किएका थिएनन् ।

बुबाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्बाबा हजुरलाई संसार देखाउछु जाम भन्दा छोरा तिमीले हेरे पुग्छ । तिमीले संसार घुमेर जे देख्छौ

यस्तै अनेरास्ववियुका केन्द्रिय कमिटि सचिवालय सदस्य टुकलाल गैरेले पनि बरिष्ठ गायक बस्यालका पिता प्रति दिवगंत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

म यहीँ जन्म ठाउँबाट मेरो आँखाले हेरिरहेको हुन्छु भन्नु हुन्थ्यो greatest wisdom for me !!! तपाईँले देखाएको बाटोमा सधैँ हिड्नेछौँ बाबा ।

लोकगीत र लोकसंस्कृतिको बचाउका निम्ति विदेशमा समेत थुप्रै अभियान सञ्चालन गरिरहेका बुद्धिसागरले केही समयदेखि बुबा(आमाको हेरचाहमा घरमै बसिरहेका छन् ।

बुबाकै प्रेरणा र भोगाइलाई समेट्दै उनले गाएको गीत ‘बाजेका पालामा मोहोर पाथी नुन’ अहिले पनि चर्चित छ ।

उनका ‘बाजेका पालामा मोहोर पाथी नुन’, ‘डाँफे नाचेर, छमछम पाउजुले’, ‘मुरलीको धुन’ ‘चस्मा लाएर’ लगायतका दर्जनौँ लोकप्रिय गीतहरू छन् ।

 


प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार ०१:२०