पूर्वी नेपालबाट भित्रिएको मनसुन अबको दुई दिनभित्र पश्चिमसम्म नै पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर मनसुन अहिले गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म पुगेको जनाएको छ । हिजो प्रदेश एक, प्रदेश दुई र वाग्मतीमा मनसुन आइपुगेको थियो । आउँदो हप्ता मनसुन थप सक्रिय भई देशका धेरै जसो ठाउँमा पानी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेकाले सर्तकता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । आज लुम्बिनीमा आंशिक बदलीको अवस्था रहेकाले धेरै ठाउँमा पानी पर्ने पूर्वानुमान छ । साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने भएकाले आवश्यक सर्तकता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
पूर्वी नेपालबाट भित्रिएको मनसुन अबको दुई दिनभित्र पश्चिमसम्म नै पुग्ने
प्रकाशित : २०७८ जेष्ठ २९, शनिबार १२:३१
© 2024: Lumbini Darpan Online | All right reserved | Privacy Policy
Powered by: ProTech