Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय...

राष्ट्रियसभाबाट दुई विधेयक पारित भए

काठमाडौं, साउन २० राष्ट्रियसभाबाट दुईवटा विधेयक पारित भएको छ । बुधबार बसेको राष्ट्रियसभाको बैठकले तथ्याङ्क विधेयक सर्वसम्मतले र...

सानिमा लाईफ इन्स्योरेन्सको आईपीओमा पहिलो दिनमा नै माग भन्दा धेरै आवेदन

  काठमाडौं ,साउन २० ( सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर ९आईपीओ० मा पहिलो दिनमा नै माग...

बालबालिकाका लागि जरुरी तीन कुरा

साउन २० हरेक बच्चाको भावनात्मक र मनोवैज्ञानिक स्थिरता धेरै हदसम्म अभिभावकसँगको सम्बन्धमा निर्भर हुन्छ । कुनै पनि बच्चा...

कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जाको चापाकोट नगरपालिका दश दिन बन्द हुने

साउन २० कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै स्याङ्जाको चापाकोट नगरपालिका दश दिनका लागि बन्द गरिएको छ ।...

Latest Posts

कपिलवस्तुका निशान ए डिभिजन क्लवमा अनुवन्धित

लुदस, कपिलवस्तुको बाणगंगा वडा नं ६ बनकसियाका निशान न्यौपाने जावलाखेल फुटवल क्लवबाट खेल्ने भएका छन् । लामो समय रुपन्देही गोर्खा व्वाईज र एन्फा फुटवलको क्याप्टेन समेत रहेको उनि जावलाखेल क्लवमा अनुवन्धित भएका हुन् । जावलाखेल क्वल ले निशानको सानै...

रामपुरको बेझाड खेतमा सूर्यमुखी फस्टाउँदै

सुशीला रेग्मी ।
रामपुर पाल्पा

रामपुर नगरपालिकामा लगाइएको सूर्यमुखी फूल फस्टाउँदै गएको छ । सूर्यमुखी फूल फूल्न थालेपछि अहिले अवलोकन गर्न जानेको चहलपहल बढ्दो छ । सूर्यमुखी पकेट क्षेत्र रहेको रामपुर नगरपालिका वडा नं ५ बेझाड खेतमा जनप्रतिनिधि, कृषि प्राबिधिक लगायतको टोलीद्धारा अनुगमन गरिएको छ ।

वडा अध्यक्ष हिमाल मल्लको नेतृत्वमा रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरी पाण्डेय, वडा सदस्यहरु सावित्रा गौतम, माया नेपाली, काशिनाथ रेग्मी, विष्णुप्रसाद बस्याल, कृषक लगायतको टोलीले अनुगमन गरेको हो । तेलहन बाली उत्पादनलाई जोड दिदै वडाले यसैवर्ष देखि सूर्यमुखीको व्यवसायिक खेती सुरु गरेको हो । सूर्यमुखी खेती गर्न कृषकलाई अनुदानमा वीउ उपलब्ध गराइएको छ ।

कृषि शाखा प्रमुख रामहरी पाण्डेयले परिक्षणका रुपमा लगाइएको सूर्यमुखी राम्रो भएको बताउँदै रोग किरा, उपचार बिधि सम्बन्धमा कृषकलाई जानकारी गराउनुभएको छ । रामपुरमा तेलजन्य पदार्थ उत्पादन बढाउन वडा नं ५ ले कोइलीटारीमा तोरी खेती र बेझाड खेतमा पकेट कार्यक्रम अन्र्तगत सूर्यमुखी खेती गरेको वडा अध्यक्ष हिमाल मल्लले बताए ।

कृषि ज्ञानकेन्द्र पाल्पाको ६ लाख अनुदान सहयोगमा करिव दुई सय रोपनी क्षेत्रफलमा सूर्यमुखी खेती गरिएको समुहका अध्यक्ष बलबहादुर रानाले जानकारी दिए । बेझाड खेतमा लगाइएको सूर्यमुखी यतिखेर ढकमक्क फुल्न थालेको छ । सूर्यमुखी फुलमा बसेर फोटो खिचाउने, टिकटक बनाउनेको अहिले चहलपहल देख्न सकिन्छ ।

Facebook Comments Box

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *