रुपन्देहीको निषेधाज्ञा असार ७ गते सम्म थप

[sharethis-inline-buttons]

३१ जेष्ठ,

रुपन्देहीमा जारी निषेधाज्ञा एक हप्ताको लागी थप भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार असार ७ गतेसम्म लम्बिएको हो । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो गरी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताए ।

‘आर्थिक गतिबिधीलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको छ । अब बिहानमा तरकारी, माछा मासुका पसल खोल्न पाइन्छ ।’ यस्तै अन्य पसलहरु सुरक्षाका मापदण्ड पालना गरी बिहान ११ बजेदेखि ४ बजेसम्म खोल्न पाइने थापाले बताए ।


प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १२:२४