
रुपन्देहीको देवदहमा अवैध सालको काठसहित ४ जना पक्राउ परेका छन् । गएराती अवैध रुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठ बोक्न प्रयोग गरिएको लु.२ ख.४५०१ नम्बरको बलेरोसहित १४२ क्यू.फिट काठ बरामद गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । गएराति करिब १ बजेको समयमा अवैध काठ तस्करी गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीले छामा मार्दा उनीहरु पक्राउ परेका हुन् । उनीहरुलाई थप कारबाहीका लागि डिभिजन वन कार्यालय रुपन्देहीमा पठाइएको छ । घटना मिलाउनका लागि स्थानीय नेता तथा जनप्रतिनिधिहरुको दवाव जारी रहेको स्रोतले जनाएको छ ।

