जर्मनी सरकारले नेपाललाई झन्डै ५ अर्ब अनुदान उपलब्ध गराउने ।

[sharethis-inline-buttons]

जर्मनी सरकारले नेपाललाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप झन्डै ५ अर्ब अनुदान उपलब्ध गराउने भएको छ । नेपालस्थित जर्मनी दूतावासले ट्वीट गर्दै नेपाललाई ४ अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय सहयोगअन्तर्गत आगामी सन् २०२३ सम्म प्राविधिक सहयोग तथा सन् २०२५ सम्म वित्तीय सहायतालाई निरन्तरता दिन जर्मन सरकारले अनुदानस्वरुप उक्त रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । नेपालका लागि जर्मनीका राजदूत रोल्यान्ड सेफेर र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले आज अनुदान सहायतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जर्मनीको राजदूतावासले जनाएको छ । जर्मनीले मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रका लागि उक्त रकम प्रदान गरिने दूतावासले जनाएको छ ।


प्रकाशित : २०७८ जेष्ठ ३१, सोमबार १२:३६