
तेजेन्द्र के .सी.
बुटवल
विश्बब्यापी रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभडि -१९ को संक्रमण बेला पनि ठुला दलहरु केन्द्रीय,प्रदेशको सत्ता पल्टाउने र टिकाउने खेलमा केन्द्रीत रहेका बेला सत्ता भन्दा बाहिर रहेको राष्ट्रिय जनमुक्ति पार्टी भने कोरोना प्रभावित सेवामा केन्द्रीत रहेको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला समिति रुपन्देहीको आयोजनामा यहाँ रहेका कोरोना बिभिन्न अस्पतालमा बिरामी कुरुवा स्वास्थ्यकर्मी अति बिपन्न ज्याला मजदुरी गरी खानेहरु सडकमा खटिएका सुरक्षाकर्मी लगायत अनाथ बालबालिकाहरुलाई खाना खाजा देखी घर घरमा खाद्यन्य पुराउने काम गरिरहेको छ ।
यही बेला कोरोनाले अप्ठारोमा परेको जनमुक्ति पार्टीले राहत, फलफुल वितरण गरेको आज १८ दिन पुगेको छ ।पार्टीले विभिन्न विभिन्न कार्यकताहरुलाई कोरोना विशेष अस्पताल बुटवल, भिम अस्पाल भैरहवा र आम्दा अस्पतालका बिरामी तथा आफन्त र सडक बालबालिकालाई खाना खुवाएका छन् ।
यस्तै कोरोना भाइरसको कारण असहज परिस्थितीमा दैनिक मजदुरी गर्ने मानिसलाई राहत विभिन्न ठाउँमा गरेका छन् ।त्यसका लागि टिम नै बनाएको राष्ट्रिय जनमुक्ति पार्टी जिल्लाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक टेकबहादुर गुरुङले बताए ।
उनले अस्पताल पुगेका बिरामी र तीनका आफन्त, सडक बालबालीका र सुरक्षाकर्मीलाई खाना, खाजा खुवाएको पार्टीका विभिन्न तहका पदाधिकारी र सदस्यबाट संकलित २ लाख रुपैयांले सुरु गरिएको अभियानमा अन्य सहयोगी थपिएपछि १८ दिनसम्म कार्यक्रम ११ लाख रुपयाँ पुगेको बताए ।
देश/विदेशदेखि सहयोग जुटेपछि ११ लाख रुपैयां खर्च गरी अभियान सकायौं, उनले भने, मानवीय सेवा गर्न पाउंदा सन्तुष्ट भएका छौं ।’
१८ दिनसम्म चलेको अभियानमा ७ हजार २ सय प्याकेट खाना, ४ हजार छ सय प्याकेट फलफुल, ११ हजार ७ सय पानी, ५ सय थान मास्क र ५ सय परिवारलाई राहत वितरण गरेको जनमुक्ति युवा महासंघका अध्यक्ष शंकर गाहले बताए ।
। उनले बुटवल उपमहानगरपालीकाका ५२, तिलोत्तमाका २ सय २८, सिद्धार्थनगर नगरपालीकाका १ सय ५, स्याङ्जाका १५ र देवदह नगरपालीकाका १ सय घरधुरीलाई वडा कार्यालयको सिफारिसमा राहत प्रदान गरिएको राहत प्याकेजमा १० किलो चामल, ५ किलो आंटा, १ लिटर तेल, १ प्याकेट नुन र एक प्याकेट सोयाबिन र फलफुल दिईएको उनले जनाए ।
साथै महामारीका बेला बिरामी परेका कसैलाई पनि रगत अभाव नहोस् भनी रक्तदान मार्फत ५५ पोइन्ट रगत संकलन गरेको समेत गाहाले बताए । उनले आफहरुले सत्ता रहेका र ठुला पार्टी भन्दा फरक राजिनित समाजसेवा नै भएकोले आफूहरुले यसरी खटिएको बताए ।

