आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु

[sharethis-inline-buttons]

असार १
आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोनाका कारण गतवर्षदेखि नै समय तालिका प्रभावित भएकाले दुई महिना ढिला गरी असार १ देखि शैक्षिक सत्र सुरु हुन लागेको हो । कोरोना (कोभिड–१९) संक्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके पनि आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइ सुरु गर्नुपर्ने बताइएको छ । असार १५ सम्म विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण गरिसक्नु पर्नेछ । भर्ना तथा पाठ्यपुस्तक वितरणपछि वैकल्पिक माध्यमबाट पठनपाठन सुरु हुनेछ ।

 


प्रकाशित : २०७८ असार १, मंगलवार ११:३०