काँग्रेस निर्वाचनः सभापति देउवा र निधिलाई सहमतिमा ल्याउन केन्द्रीय सदस्यहरुको जोड ।।

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

नेपाली काँग्रेस संस्थापन पक्षका केन्द्रीय नेताहरुले सभापति शेरबहादुर देउवालाई उपसभापति विमलेन्द्र निधिसँग वार्ता गर्न सुझाव दिएका छन् ।काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा देउवाले फेरि सभापतिमा उठ्ने तयारी गनुभएको छ । संस्थापन समूहमा दोस्रो वरियतामा रहनुभएकाविमलेन्द्र निधिले पनि सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । देउवा र निधिले सभापतिमा उठ्ने भनेपनि केन्द्रीय नेताहरुले सभापति देवालाई निधिसँग कुरा गर्न र आफूहरुपनि कुरा गर्ने बताएका छन् । हिजो पनि देउवा र निधिले सभापतिमा एकअर्कालाई सहयोग गर्न आग्रह गरेका थिए ।एउटै समूहबाट दुई उम्मेदवार बन्ने अवस्था आएपछि संस्थापन पक्षका नेताहरुले सहमतिमा जोड दिएका छन् । काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतले दुबै जनालाई मिलेर अघि बढ्न आग्रह गरिएको बताउनुभयो । देउवाले आउने निर्वाचनमा काँग्रेसलाई सबैभन्दा ठूलो बनाएर मात्र विश्राम लिने भन्दै सभापतिमा दोहोरिन चाहेको बताउनुभएको छ । उहाँले निधिलाई अर्को पटक सभापतिमा अघि सार्ने भन्दै आफूलाई साथ दिन आग्रह गरेका छन् । तर, १५ औं महाधिवेशनसम्म पर्खिँदा नेतृत्वमा पुग्न झन् कठिन हुने भएकाले निधिले उहाँको प्रस्ताव स्वीकार गर्नुभएको छैन ।


प्रकाशित : २०७८ असार ६, आईतवार १२:३०