दल परिवर्तन गरेकालाइ पार्टीबाट निष्कासन गर्ने माओवादी केन्द्रको निर्णय ।।

ByLumbini Darpan Online

७ असार २०७८, सोमबार १२:४३ ७ असार २०७८, सोमबार १२:४३ ७ असार २०७८, सोमबार १२:४३

नेकपामाओवादी केन्द्रले दलबदल गरेका स्थानीयतहकाजनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासनगर्ने औपचारिक निर्णय गरेको छ । आजभर्चुअल विधिबाट बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उनीहरुलाई पार्टीबाट निस्कासनगर्ने निर्णयलाई औपचारिकतादिएको हो । माओवादी केन्द्रबाट चुनावजितेका र पछि एमाले प्रवेश गरेका १४ जनाजनप्रतिनिधि छन् । यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाहीगर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोहीअधिकार अनुसार माओवादी केन्द्रले निर्वाचनआयोगमाकारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दलत्यागको सूचनाजारी गरेको थिएन । माओवादी केन्द्रका नेता देव गुरुङले दलबदल गरेकाहरुलाई कारबाहीगर्ने यसअघि नै निर्णय गरेकाले फेरि पनिनिर्वाचनआयोगलाई ताकेतागर्ने निर्णय भएको जानकारी दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *