रुपन्देहीमा निषेधआज्ञा केही खुकुलो बनाएसँगै चहलपहल सुरु

ByLumbini Darpan Online

८ असार २०७८, मंगलवार १४:०२ ८ असार २०७८, मंगलवार १४:०२ ८ असार २०७८, मंगलवार १४:०२

असार ८
रुपन्देहीमा निषेधआज्ञा केही खुकुलो बनाएसँगै चहलपहल सुरु भएको छ । आजबाट जोरविजोर प्रणालीमा निजी सावारी साधन संचालन भएका छन् भने बजार समेत खुलेको छ । जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी साधनहरु चल्नु पर्ने भएपनि दुबै सवारी चल्दा प्रहरीले आज केही स्थानमा रोकिरहेको थियो । बुटवलको राजमागै चौराहमा बिहानै देखि बिजोर नम्बरका सवारीलाई प्रहरीले रोकिराखेको छ । आज देखि सबै सरकारी कार्यालय समेत खुलेका छन् । कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *