नेपाली कांग्रेसको एउटै टिम बनाएर अघि बढ्ने संकेत

ByLumbini Darpan Online

११ असार २०७८, शुक्रबार ११:०५ ११ असार २०७८, शुक्रबार ११:०५ ११ असार २०७८, शुक्रबार ११:०५

काठमाडौं,असार ११

 

नेपाली कांग्रेसको दोस्रो पुस्ताका तीन नेताले आगामी महाधिवेशनमा एउटै टिम बनाएर जान सकिने संकेत देखाएका छन । आज भएको छलफलपछि बोल्दै उनीहरूले देशभरका कार्यकर्ताको यही चाहना रहेको पनि उनीहरुले छलफलको क्रममा बताएका छन ।

 

पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा। शशांक कोइरालाबीच कोइराला निवास महाराजगञ्जमा छलफल भएको हो ।
छलफलपछि सञ्चारकर्मीसँग बोल्दै उपसभापति निधिले भने, ‘हामीबीच भइरहेको समन्वयलाई देशभरका साथीहरूले राम्रो प्रतिक्रिया दिएका छन । हाम्रो पहलमा सबै खुसी छन् ।’अब तपाईंहरू एउटै टिम बनाएर जाने हो भन्ने प्रश्नमा पूर्वउपसभापति सिंहले त्यसका लागि सकारात्मक छलफल भइरहेको बताए ।उनले भने, ‘समय आएपछि त्यो हुन्छ । एक(दुई सिटिङमा नै सबै कुरा फाइनल हुँदैन । हामी सकारात्मक दिशातिर गइरहेका छौं । यो छलफललाई निरन्तरता दिनेछौं ।’निधि, सिंह र कोइराला तीनै नेता नेपाली कांग्रेसका तीन हस्तीका छोराहरू हुन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *