बहुप्रतिक्षित एवम महत्वाकांक्षी कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको कार्यालय अर्थमन्त्री पौडेल द्धारा उद्घाटन

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

 

बुटवल, असार १२
प्रकाश गौतम

बहुप्रतिक्षित एवम महत्वाकांक्षी कालिगण्डकी–तिनाउ डाइभर्सन आयोजनाको आज अर्थमन्त्री तथा जलश्रोत तथा सिंचाई मन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा आयोजनाको कार्यालय उद्घाटन गरेका छन् ।

कार्यालयको उद्घाटन गर्दै मन्त्री पौडेलले कालिगण्डकीको पानी तिनाउ नदीमा खसाल्ने गरि काम अगाडी बढने दाबि गरेका छन । यसले रूपन्देही र कपिलवस्तुका खेतमा सिँचाई पुर्‍याउने तथा १२६ मेघावाट विद्युत निकाल्ने जानकारी गराएका छन्।

मन्त्री पौडेलले कालीगण्डकी(तिनाउ डाईभर्सन अब सपनाको विषय नरहेको भन्दै कार्यान्वयनका रूपमा अघि बढ्ने बताउदै आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने र यसले लुम्बिनीका साथै मुलुककै मुहार बदल्ने बताए।
रुपन्देहीका बुटवल, भैरहवा, लुम्विनी सहितका शहरहरुमा जनघनत्व बढ्दै जाँदा रुपन्देही र कपिलबस्तमा सबैभन्दा ठूलो जलस्रोत मानिने तिनाउ नदीमा पानीको सतह घट्दै गएपछि तिनाउ नदीको सभ्यता, सिंचाई र तराईमा भूमिगत जलस्रोतको संरक्षणका लागि मन्त्री पौडेलले यो आयोजनाको परिकल्पना गरेर काम अघि बढाएका हुन ।

आज बबुटवलमा कार्यालय स्थापना संगै अब विस्तृत परियोजना प्रतिवेदनको काम सुरु हुने र यो बर्ष भित्रनै परियोजना प्रतिवेदनको काम पुरा हुने मन्त्री पौडेलले बताए । कार्यक्रममा बोल्दआयोजना प्रमुख सन्तोष कैनीलेै कार्यालय स्थापनाको उद्देश्य परियोजनाको डिपीआर सम्पन्न गरि काम सूरु गर्ने रहेको जानकारी दिएका छन् । उनले आगामी एक बर्षभित्र डिपिआरको काम सम्पन्न गरी अर्को वर्षदेखि निर्माणको काम थाल्ने गरी काम अघि बढाएको बताए ।

प्रारम्भिक अध्ययन भएको निकै लामो समय भइसक्दा पनि डिपिआर सम्पन्न हुन नसकेर अन्योलमा रहेको यो आयोजनाको कार्यालय स्थापना भएसंगै अब आयोजना अघि बढ्ने आशा रुपन्देही बासीमा पलाएको छ ।


प्रकाशित : २०७८ असार १२, शनिबार ०९:४८