कालीगण्डकी–तिनाउ नदी डाइभर्सन जलसम्पदाको सदुपयोग हुने मुलुककै ठूलो परियोजना

ByLumbini Darpan Online

१२ असार २०७८, शनिबार १२:१० १२ असार २०७८, शनिबार १२:१० १२ असार २०७८, शनिबार १२:१०

बुटवल, असार १२
पिउने पानी, सिंचाई, विद्युत र जलपर्यटनको सम्भावनालाई साकार पार्नेगरि परिकल्पना गरिएको कालिगण्डकी–तिनाउ नदी डाइभर्सन आयोजनाका कामले अब मूर्त रुप लिने भएको छ ।
आज उपप्रधान अर्थमन्त्री तथा जलस्रोत बिष्णु पौडेलले बुटवल उपमहानगरपालिका–११, कालिकानगरमा कार्यालय स्थापना गर्दै यो बहुप्रतिक्षित र महत्वाकांक्षी आयोजनाका कामलाई गति दिन थालिएको हो ।
यो परियोजना गण्डकी प्रदेश अन्तर्गतको स्याङ्जाको गल्याङ नगरपालिका–१, मालुङ्गा (मलेङ) र पाल्पाको रम्भा गाउँपालिका–३, पीपलडाँडा क्षेत्रमा आधुनिक ड्याम बनाएर २७ किलोमिटर लामो सुरूङमार्फत पाल्पाको तिनाउ स्थित दोभानमा पानी खसालिनेछ ।
प्रारम्भिक अध्ययन भइसकेर डीपीआरको चरणमै रहेको तर बीचमा अन्योलमा परेको यो आयोजनाको कार्यालय स्थापना भएसंगै अब आयोजना अघि बढ्ने आशा पलाएको रुपन्देहीको तिलोत्तमाका किशोर सुबेदीको भनाइ छ । यसलाई मुलुकको आर्थिक समृद्धिको एउटा गेमचेञ्जर आयोजनाका रुपमा लिइएको छ । विसं.२०७५ देखि २०८५ सम्मको अवधिलाई ऊर्जा दशकको रूपमा मनाइरहेका बेला यो महत्वाकांक्षी परियोजनाको कामले गति लिन रुपन्देही बासी समेत हर्षित भएका छन ।
यो परियोजनाका परिकल्पनाकार समेत रहनु भएका उपप्रधान तथा अर्थमन्त्री पौडेलले जलसम्पदाको सदुपयोग र सम्भावनालाई साकार पार्ने सोंच अनुरुप नै यसलाई प्राथमिकतामा राखिएको बताए । उनले पानीको रिचार्ज बढाउनेदेखि तिनाउ नदीको सभ्यता, सिंचाई र तराईमा भूमिगत जलस्रोतको संरक्षण गर्नेसम्मका कामका लागि नदी डाइभर्सन अपरिहार्य जस्तै भएकाले यसलाई प्राथिमकतामा राखिएको बताए ।
१३८ अर्बको ‘ड्रिम प्रोजक्ट’
उपप्रधानमन्त्री पौडेलले २०६७ सालमा यसको परिकल्पना गरेका हुन । आफु जलस्रोत मन्त्री भएका बेला गरिएको परिकल्पना यसपाली फेरि उर्जा तथा जलस्रोत मन्त्रालयको समेत जिम्मेवारी पाएपछि कार्यालय शुभारम्भ भएको छ । आयोजना अबको १० वर्षभित्र निर्माण सम्पन्न हुने पौडेलको विश्वास छ । उर्जा जलस्रोत, तथा सिंचाई मन्त्रालयका सचिव गेलालले आयोजनाको कूल बजेट १३८ अर्ब रहेको बताउनुभयो । दुई वटा हाइड्रोबाट विद्युत उत्पादनमा ६४ अर्ब र सिँचाई संरचना र सिञ्चित क्षेत्र विकाससम्म करिब ७४ अर्ब गरी १३८ अर्बको प्रोजेक्ट हो’ गेलालको भनाइ छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *