
असार १२
वश्वमा नै सबैभन्दा धेरै नागरिकलाई खोप लगाएको इजरायलले घरभित्रै पनि मास्क लगाउन फेरि आग्रह गरेको छ । यसअघि सार्वजनिक स्थलमा समेत मास्क लगाउन नपर्ने भनी आफ्ना नागरिकलाई सूचित पारेको थियो । त्यस्तै अष्ट्रेलियाका सिड्नी र ब्रिशबेन जस्ता सहरमा संक्रमण बढेपछि फेरि लकडाउनको घोषणा गरिएको छ । भारतमा पनि दोस्रो लहरमा सबैभन्दा धेरै प्रभावित महाराष्ट्र लगायत दिल्ली र पञ्जावमा संक्रमणदर फेरि उकालो लागेको छ । विज्ञहरुले तेस्रो लहरको चेतावनी दिइरहेका बेलामा विश्वभर नै फेरि कोरोना संक्रमण उकालो लागेपछि तेस्रो लहरको सुरु भएको हुनसक्ने आँकलन गरिएको छ । रुपन्देहीमा पनि यसअघिभन्दा पछिल्ला १० दिनमै सबैभन्दा धेरै संक्रमित देखिएका हुन् । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई सय ३ पुगको छ । हालसम्म जिल्लामा चार सय ८२ जना संक्रमितले ज्यान गुमाएका छन् भने २७ हजार ५ सय ३ जना निको भएका छन् । हालसम्म जिल्लामा कुल संक्रमितको संख्या २७ हजार ९ सय ९० पुगेको छ ।