सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना हुने जसपा नेता यादवको विश्वास ।।

ByLumbini Darpan Online

१२ असार २०७८, शनिबार १३:३४ १२ असार २०७८, शनिबार १३:३४ १२ असार २०७८, शनिबार १३:३४

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट संसद् पुनःस्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेसहित परमादेश जारी हुने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज पत्रकारहरुसंग कुरा गर्दै उहाँले संसद् पुनःस्थापना र देउवालाई प्रधानमन्त्रीको घोषणा सहित परमादेश जारी हुने विश्वास व्यक्त गर्नुभयो । एकैजना प्रधानमन्त्रीले एउटै संसद्लाई दुईपटक भंग गरेको उदाहरण संसारमै नरहेको बताउँदै उहाँले सार्वभौम संसद्लाई समाप्त गरी ओली निरकुंश बन्न खोजेको आरोप लगाउनुभयो । संसद् भंग गरी प्रदेशसमेत भंग गर्दै अध्यादेशमार्फत निरकुंश शैलीमा देश चलाउने ओलीको मनसाय रहेको यादवको आरोप छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *