भारतमा थपिए ५० हजार नयाँ सङ्क्रमित

ByLumbini Darpan Online

१३ असार २०७८, आईतवार ०८:०५ १३ असार २०७८, आईतवार ०८:०५ १३ असार २०७८, आईतवार ०८:०५

काठमाण्डौ असार १३,

भारतमा वितेको २४ घण्टामा ५० हजार ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।भारतमा अहिलेसम्म ३२ करोड १७ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । भारतमा कोरोनाको डेल्टा भेरियन्ट फैलिँदै गएकाले तेस्रो लहरको जोखिम बढेको विज्ञले सचेत रहन आगथैह गरेका छन । कोरोना रोकथामका लागि भन्दै भारतले खोपको महाअभियान सुरु गरेको छ ।
पछिल्लो समयमा १२ सय ४८ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ । अहिले भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच लाख ८६ हजार ४ सय ३ रहेको र सङ्क्रमण निको हुने दर ९६ दशमलव ७५ प्रतिशत पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *