युरोकप अन्तर्गत आज दुई खेल हँदै

ByLumbini Darpan Online

१३ असार २०७८, आईतवार ११:३५ १३ असार २०७८, आईतवार ११:३५ १३ असार २०७८, आईतवार ११:३५

असार १३
युरोपियन च्याम्पियनसिपअन्तर्गत ‘राउण्ड अफ १६’को खेलमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा नेदरल्यान्डले चेक रिपब्लिकसँग खेल्दै छ । समूह चरणको खेलमा अपराजित रहेर समूह ‘सी’को विजेता बन्दै नकआउट चरणमा आएको नेदरल्यान्ड सोही लयलाई निरन्तरता दिने योजनामा छ । खेल पुरस्कार एरिना बुढापेष्टमा राति पौने १० बजे हुनेछ । आजै हुने दोस्रो खेलमा बेल्जियम र पोर्चुगल भिड्दै छन्। आजको खेलमा यी टोलीहरु जित निकाल्दै अन्तिम ८ मा स्थान बनाउन चाहन्छन् । दोस्रो खेलमा आज बेल्जियम र पोर्चुगल भिड्दै छन् । खेल ला कार्टुजा स्टेडियम सेभियामा मध्यराति पौने १ बजे हुनेछ । बेल्जियम समूह ‘बी’को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । युरोकपमा अपराजित रहेको बेल्जियम सोही लयलाई निरन्तरता दिन चाहन्छ भने पोर्चुगल सुखद सुरुवात गर्ने दाउमा रहेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *