सरकार र सभामुख पक्षबीचको विवाद संवैधानिक इजलासमा प्रवेश

ByLumbini Darpan Online

१३ असार २०७८, आईतवार १२:०५ १३ असार २०७८, आईतवार १२:०५ १३ असार २०७८, आईतवार १२:०५

काठमाडौं असार १३
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा विपक्षी बनाइएको सरकार र सभामुख पक्षबीचको विवाद संवैधानिक इजलासमा प्रवेश गरेको छ । आजको सुनुवाइको अन्तिममा महान्यायाधिवक्ता रमेश बडालले इजलासले व्यवस्थापन गरेको समयमा बहस गर्नेबारे सभामुख पक्षसँग भएको असहमति जानकारी गराएका हुन् । सभामुख पक्षलाई १ घण्टाको समय दिन तयार भएपनि अस्वीकार गरेको महान्यायाधिवक्ताले इजलास समक्ष बताए । महान्यायाधिवक्ताको भनाइपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सभामुख पक्षलाई १ घण्टाकै समय दिएको मानेर बाँकी १४ घण्टामा बहस सक्न महान्यायाधिवक्तालाई आदेश गरेका छन् । यसअघि प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक पक्षको बहस सकिएको छ । असार ९ गतेदेखि सुरु भएको रिट निवेदक शेरबहादुर देउवासहित १४६ सांसदको तर्फको बहस आइतबार सकिएको हो । चार दिनको बहसमा ३६ जना कानुन व्यवसायीले बहस गरेका थिए । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासले संसद विघटन मुद्दाको पक्ष र विपक्ष दुबै पक्षलाई १५÷१५ घण्टा बहसको समय तोकिदिएको थियो । रिट निवेदक पक्षले पाएको १५ घण्टामध्ये १२ घण्टा सकिएको छ । ३ घण्टा समय भने रिट निवेदकको विपक्षीले बहस गरेपछि जवाफ बहसका लागि छुट्याइएको छ । त्यस्तै एमिकस क्युरीका लागि २ घण्टा समय तोकिएको छ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *