काठमाडौँ,असार १५
उपत्यकामा हिजो गरेको निर्णय अनुसार सार्वजनिक यातायात आजबाट जोर बिजोर प्रणालीमा सञ्चालनमा आएका छन । २५ भन्दा बढी सिट भएका सवारी साधन जनस्वास्थ्यका मापदण्ड पालना गरेर सिट क्षमताअनुसार जोर बिजोरअनुसार चलाउन दिने निर्णय अनुसार सञ्चालन हुन थालेका हुन । वैशाख १६ गतेयता सार्वजनिक सवारी साधन बन्द थिए । माइक्रो तथा टेम्पोजस्ता साना सवारी साधनको हकमा लगाइएको रोक भने कायमै छ ।




















