एमालेको १० औं महाधिवेशन आयोजक समिति खारेज, केन्द्रीय कमिटीको बैठक असार १८ गतेलाई

ByLumbini Darpan Online

१६ असार २०७८, बुधबार ०९:२६ १६ असार २०७८, बुधबार ०९:२६ १६ असार २०७८, बुधबार ०९:२६

१६ असार २०७८

काठमाडौं
नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरेको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई खारेज गर्दै केन्द्रीय कमिटीमा रुपान्तरण गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। अब केन्द्रीय कमिटीको बैठक असार १८ गतेलाई डाकिएको छ।

आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएसँगै माधवकुमार नेपालसहित ११ जनामाथिको कारबाही स्वतस् निस्क्रिय भएको छ। यस्तै बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनित गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्मा पनि पार्टीले लिने निर्णय गरेको छ।
गएको २८ फागुनमा अध्यक्ष केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व खारेज गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरेका थिए

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *