हरि आचार्य, अर्घाखाँची
युग र जनताको चाहाना अनुसार वडालाई संमृद्ध बनाउन तल्लिन अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दम्पतिले विवाह बर्षगाठको अवसरमा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् । बुधवार परेको वैवाहिक बर्षगाठको अवसरमा वडाध्यक्ष दुर्गा बहादुर विसि र श्रीमती संगिता चुंदाली विसिले एकल महिला २ परिवारलाई खाद्यान्न प्रदान गरेका हुन् ।
वडा भित्रका अति विपन्न एकल महिला कमला विसि र फुलमाया विसिको परिवारलाई वडाध्यक्ष दम्पतिले खाद्यान्न प्रदान गरेका हुन् ।
श्रीमान नभएका साँझ विहानको छाक टार्न समेत गाह्रो भएका परिवारलाई खाद्यान्न सहयोग गर्न पाउँदा गर्व महशुस भएको दम्पतिले बताएका छन् । वडाध्यक्ष विसिले अनावश्यक खर्च गर्नुभन्दा गरिव र दुःखीहरुको साहारा बन्न सबैलाई अनुरोध पनि गरेका छन् ।




















