हरि आचार्य, अर्घाखाँची
युग र जनताको चाहाना अनुसार वडालाई संमृद्ध बनाउन तल्लिन अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दुर्गा बहादुर विसिले वडावासीलाई मुस्कान सहितको सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । वडा कार्यालयको आयोजना , लुम्बिनी दर्पण राष्ट्रिय साप्ताहिक तथा लुम्बिनी दर्पण अनलाईनको समन्वयमा सम्पन्न सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
विशेष गरि वडा कार्यालयले सम्पदान गरेका विकास निर्माणका कार्य, सार्वजनिक सेवा प्रवाह लगायत वडा कार्यालयका समग्र सम्पुर्ण गतिविधि प्रति वडावासीको प्रतिक्रिया उजागर गरि जनप्रतिनिधिहरुलाई जिम्मेवार बनाउने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा वडाध्यक्ष दुर्गा बहादुर विसि, वडा सदस्य छविलाल रास्कोटि, शारदा विसि, वडा सचिव आनन्दलाल कर्ण जवाफदेहि निकायको रुपमा रहेका थिए भने राजनितिक दल, स्वास्थ्य चौकी, प्रहरी चौकी, सहकारी, विभिन्न सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले जिज्ञासा तथा सल्लाह सुझाव दिएका थिए ।

प्रभावकार माविका प्रधानाध्यापक श्याम बहादुर विसिले वडाले शिक्षा क्षेत्रमा निकै प्रशंसनिय कार्य गरेको प्रतिक्रिया दिएका थिए । उनले विद्यालयलाई ल्याप्टप, कम्प्युटर, भौतिक निर्माण, वालवालिकाहरुलाई खाजाको व्यबस्था लगायत उदाहरणि कार्य गरेको बताए ।
त्यस्तै राजनितिक दल तर्फ बाबुराम विसि, बाबुराम राना भाट, नुन बहादुर विसि लगायतले वडाले सबै राजनितिक दलसंग समन्वय गरेर अगाडि बढेको बताए ।
त्यस्तै युवा कृषक हरि क्षेत्रीले वडाले कृषकहरुलाई आत्मनिर्भर बनाउने विभिन्न अनुदानका कार्यक्रम ल्याएको बताए ।
सहभागि अधिकांशले वडाध्यक्ष शिक्षित भएकाले पहिलेको तुलनामा वडा धेरै विकसित भएको प्रतिक्रिया दिए ।
जिज्ञासको जवाफ दिंदै वडाध्यक्ष विसिले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भएको भौतिकसंगै सामाजिक रुपान्तरण तर्फ पनि ध्यान दिएको बताए । उनले सबै टोललाई समावेश गरि शिक्षा, स्वास्थ्य, कृषि, भौतिक विकास लगायत सम्पुर्ण पक्षलाई सुदृढ बनाउने बताए ।

वडाध्यक्ष विसिले निर्वाचनमा बोलका सम्पुर्ण आश्वासन आफ्नो कार्यकालमा पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम सञ्चारकर्मी अराज बेल्वासको स्वागत तथा हरि आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।




















