ByLumbini Darpan Online

१७ असार २०७८, बिहीबार ०७:५७ १७ असार २०७८, बिहीबार ०७:५७ १७ असार २०७८, बिहीबार ०७:५७

आन्तरिक उडान खुलेको पहिलो दिनमै ८५ प्रतिशत  बुकिङ भए

काठमाडौं,असार १७

सरकारले पचास प्रतिशत उडान संख्यामात्र खोल्ने निर्णयअनुसार आजदेखि सुरु भएको उडानमा ८० प्रतिशतभन्दा बढी बुकिङ भएको एयरलाइन्सहरुले बताएका छन । यसरी बुकिङहुदै गएमा एकरदुई दिनभित्रै तोकिएका उडान भरिने र भाडा बढ्नसक्ने एयरलाइन्सहरुले चेतावनी पनि दिएका छन ।
आज बुद्ध एयरका ३ हजार ८ सय सिटमध्ये ३ हजार ५ सय बुकिङ भएको बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णले जानकारी दिएका छन ।

यात्रामा यात्रुहरुको उत्साह देखिएको छ। ु उनले भने, मान्छेमा सुरक्षित यात्रा हुन्छ भन्ने विश्वासले नै हुनुपर्छ अघिल्लो वर्षको लकडाउनपछि खुलेको उडानको तुलनामा यो पटक राम्रो देखिएको छु। बुद्ध एयरले दिनमा ३१ उडान गर्ने स्वीकृति पाएको छ। काठमाडौंबाट जाने भन्दा आउने यात्रुको संख्यामा चाप धेरै देखिएको श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले जानकारी दिए। दिनमा १० उडानको अनुमति पाएको श्रीको आजको उडानमा ८० प्रतिशत बुकिङ भएको छ।

न्यूनतम सिलिङभन्दा माथिकै भाडामा पनि ८५ प्रतिशतको बुकिङ आउनु भनेको अबका दिनमा यात्रुको संख्या बढ्ने संकेत देखिएको यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाको भनाइ छ। दिनमा १५ उडानको अनुमति पाएको यतीका कतिपय गन्तव्यमा हिजो नै बुकिङ सकिएको र आज टिकट नै नपाउने अवस्था रहेको उनले बताए।

हामीले सबै सुरक्षाका मापदण्ड पालना गरेरै उडान गरिरहेका छौं।यद्यपी विमानस्थलको उपलब्ध पूर्वाधारको पनि ख्याल गर्दै यात्रुलाई सहज हुनेगरी अनुरोध गर्ने नै छौं उनले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरले दिनमा ६७ सम्म उडान गर्नेगरी तालिका स्वीकृत गरेको छ। पचास प्रतिशत क्षमतामा उडान सञ्चालन गर्ने निर्णयअनुसार दिइएको यो स्वीकृतिअनुसार प्रत्येक घण्टामा सात आन्तरिक उडान हुने छन्। सबैभन्दा बढी उडान बुद्ध एयरका दिनमा ३१ हुनेछन् त्यस्तै यतिका १५ र श्रीका १० उडान हुने छन्।
गत वैशाखपछि बल्ल अहिलेआन्तरिक उडान खुलेको उडान सञ्चालनमा आउँदा पचासी प्रतिशत उडान बुकिङ भइसकेको हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *