माधव–झलनाथ पक्ष केन्द्रीय कमिटी बैठकमा नजाने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

असार १८, काठमाण्डौ
नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्ष केन्द्रीय कमिटीको बैठकमा नजाने भएको छ ।

काठमाण्डौमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनु पर्नेमा ओलीले नवौँ महाधिवेशनबाट आएका जनसङ्गठनमा पदाधिकारी थप्ने निर्णय गरेको भन्दै बैठकमा नजाने निर्णय गरेको हो ।

महाधिवेशन आयोजक कमिटीका नाममा पदाधिकारी थप्ने र विभिन्न निर्णय गरेको भन्दै त्यस्ता निर्णय खारेज गर्न नेपाल–खनाल समूहले माग गरेको छ । नवौँ महाधिवेशनअनुसार र पार्टीको विधानअनुसार बैठक बोलाउन यो समूहले माग गरेको छ ।

एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठकमा एमालेले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई पनि निम्तो पठाएको छ ।

 


प्रकाशित : २०७८ असार १८, शुक्रबार ०२:०३