संसद विघटनको मुद्दामा सभामुख पक्षका लागि २ घण्टा तोकियो, आइतबार बहस  हुने

ByLumbini Darpan Online

१८ असार २०७८, शुक्रबार ०८:३७ १८ असार २०७८, शुक्रबार ०८:३७ १८ असार २०७८, शुक्रबार ०८:३७

 

काठमाडौं, असार १८

संसद विघटनको मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट आइतबार मात्रै बहस हुने भएको छ।

यसभन्दा अगाडिको बहसमा एक घण्टा समय छुट्याइएको थियो। पछि आधा घण्टा थप गरेपनि त्यसले नपुग्ने बरु बहस नोट मात्रै पढिदिन भनेपछि एक घण्टा थप्दै आवको इजलासले २ घण्टा समय तोकेको हो।रिटको विपक्षी बनाएपनि सभामुख संसद विघटनको विपक्षमा उभिएपछि उनका लागि छुट्टै समय तय गर्नु परेको हो।

सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरू मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन्।यसअघि शुक्रबार राष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट बहस सकिएको हो।आइतबार सभामुखको तर्फबाट २ घण्टा बहस हुनेछ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *