लुम्बिनी सरकार अल्पमतमा, मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने विपक्षीको माग

ByLumbini Darpan Online

१८ असार २०७८, शुक्रबार १०:५८ १८ असार २०७८, शुक्रबार १०:५८ १८ असार २०७८, शुक्रबार १०:५८

 

१८ असार, बुटवल

जनता समाजवादी पार्टीबाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले शुक्रबार पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेश सरकारले बहुमत गुमाएको छ । जसपा बाट राज्यमन्त्री बनेकी सुमन शर्मा रायमाझीले आज पदबाट राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो । लुम्बिनी प्रदेशको प्रदेशसभामा कायम ८३ सांसदमध्ये सत्तारुढ एमालेका ३८ जना सांसद रहेका छन । जसपाका ४ जना सांसद सरकारमा हुँदा सरकारको पक्षमा बहुमत थियो । तर राज्यमन्त्री रायमाझीको राजीनामासँगै सरकारको पक्षमा ४१ जना सांसद मात्र रहेका छन् । लुम्बिनी प्रदेशमा सरकारलाई बहुमत पुग्न कम्तीमा ४२ सांसद चाहिन्छ । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जनता समाजवादी पार्टीका ३ जना र राष्ट्रिय जनमोर्चाका एक जना गरी ४२ जना सांसद सरकारको विपक्षमा छन् । सरकारले बहुमत गुमाएसँगै विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् । ‘जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहषराम यादवले अब मुख्यमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । सरकार अल्पमतमा परेसँगै सरकारले प्रदेशसभामा पेश गरेको बजेट पारित नहुने सम्भावना बढेको छ । प्रदेशसभाको बैठक असार २७ गते डाकिएको छ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *