काठमाण्डौ , आषाढ १९,
लगातारको वर्षाका कारण मुग्लिङ–नारायणगढ सहित विभिन्न सडकखण्ड बन्द भएका छन् ।मुग्लिङ–नारायणगढ सडकमा हिजो पहिरो हटाएको आधा घण्टामै फेरि पहिरो खसेपछि अहिलेसम्म सडक खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवन प्रहरी कार्यालयले जमनकारी दिएको छ । लो र सेतीदोभानमा पहिरो खसेको र सकेसम्म छिट्टै खुलाउने गरी आज बिहानैदेखि पहिरो हटाउन लागिपरेको पनि चितवन प्रहरीले जानकारी दिएको छ । हाल नेपालमा बाढी पहिरोका कारण १७ ठाउँमा सडक बन्द रहेको छ ।




















