पहिरोका कारण बन्द मुग्लिङ–धादिङ सडकखण्ड बिहानदेखि खुल्ला

ByLumbini Darpan Online

१९ असार २०७८, शनिबार ०९:४१ १९ असार २०७८, शनिबार ०९:४१ १९ असार २०७८, शनिबार ०९:४१

बुटवल असार १९
पहिरोले बन्द पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ–धादिङ खण्ड भने बिहानदेखि खुलेको छ । कुरिनटार, घोप्टेभीरमा खसेको पहिरो हटाएपछि पोखरा–तनहुँ हुँदै काठमाण्डौ आउने जाने गाडी चलेका चितवनका प्रहरीले जानकारी दिएको छ ।

हेटौँडा–काठमाण्डौ जोड्ने भीमफेदी–कुलेखानी सडक, त्रिभुवनराजपथ, कान्तिलोकपथ पनि बन्द रहेका छन । भीमफेदी गाउँपालिका वडा नम्बर– १ बाघझोरा, भैँसे भीमफेदी फाखेल र सिस्नेरी सडक खण्ड भीमफेदी गाउँपालिका वडा नम्बर–२ पान्द्राङ, भीमफेदी गाउँपालिका वडा नम्बर–६ गढी, देराली, ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर–४ महालक्ष्मीखोला, ईन्द्रसरोवर–२ कुलेखानी र कान्तिलोकपथ अन्तर्गत भीमफेदी–८ कोगटेमा पिच नै बगाएको छ भने ललितपुरको भट्टेडाँडामा पहिरो खसेको छ ।

त्रिभुवन राजपथ अन्तर्गत भैँसे पालुङ नौबिसे खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–९ अघोर, थाहा नगरपालिका वडा नम्बर–६ खानीगाउँ र वडा नम्बर–१२ गैरीगाउँमा सडक बन्द रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मुग्लिङ–धादिङ सडकखण्ड सहित देशका ५३ वटा सडकखण्ड खुल्ला भएका छन ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *