काठमाण्डौं ,आषाढ १७
राष्ट्रिय फुटबल टोलीको बन्द परिक्षण एक सातापछि सञ्चालनमा आउने भएको छ । आजदेखि सञ्चालन हुने भएको परिक्षण यही असार २३ गतेदेखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०लेजानकारी दिएको छ ।
साफ फुटबल च्याम्पियनसिप र एएफसी एशियन कपको छनोटको तयारी गर्न बन्द परिक्षणका लागि ५० खेलाडी छनोट गरिएको थियो । राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
परिक्षण एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । परिक्षण दुई चरणमा हुनेछ । एउटा टोलीले बिहान तथा अर्को टोलीले अपराह्न अभ्यास गर्नेछ । बन्द परिक्षणका लागि अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, किरणकुमार लिम्बू, आशिष लामा, अभिषेक रिजाल, अमित तामाङ र अनन्त तामाङ छनोट भएका छन् ।




















