धरान, १९ असार
लगातारको वर्षातका कारण सुनसरीमा बाढीको कारण दर्जनौँ घरपरिवार विस्थापित भएका छन् भने सयौं घर डुवानमा परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा, दुहबी, रामधुनी नगरपालिका, हरिनगरा, भोक्राहा नर्सिङ, कोसी गाउँपालिकाका दर्जनौँ बस्ती डुवानमा परेका छन् ।
बस्तीको पानी खोलामा निकास नभएका कारण यहाँका सयौँ घर डुवानमा परेका हुन् । शनिवार परेको अविरल वर्षाका कारण सुनसरीका एक सय घर परिवार पूर्ण रुपमा विस्थापित भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन् ।



















