फेरिदै राउटेको जिवनशैली

ByLumbini Darpan Online

२१ असार २०७८, सोमबार ०६:२६ २१ असार २०७८, सोमबार ०६:२६ २१ असार २०७८, सोमबार ०६:२६

लुदस , दाङ

पछिल्लो समय राउटे समुदायको जिवनशैली केहि परिवर्तन हुन् थालेको छ ।

करिव १० वर्षपछी राउटे समुदाय सल्यान फर्किएका छन् । जंगलमा घुमन्ते जीवन विताउदै आएका राउटे समुदाय सुर्खेतको गुर्वाकोट नगरपालिका वडा नम्बर ११ स्थित भेरी नदिको किनारबाट वस्ती स्थान्तरण गरेर गत मंगलवार सल्यानको कालिमाटी गाउपालिका ५ काल्चेडाँडामा आएका हुन् । राउटे जाती पश्चिम नेपालका विभिन्न जंगलमाहरुमा बसोबास गर्दै आइरहेका छन् । यस पटक फेरी राउटे समुदाय बसाइ सरेरर सल्यान आएको लामो समयदेखी राउटेको संरक्षणमा लागेकी सतीदेवी अधिकारीले बताइन् ।

लोपोन्मुख अवस्थामा रहेको राउटे समुदाय करिब अहिले १ सय ५० जना मात्र रहेका छन् । एकै ठाउँमा नबस्ने, खेती नगर्ने र पढाइ लेखाइ नगर्ने उनीहरू जंगलबाट काठ संकलन गरी भाँडाकुँडा बनाउँछन् । पछिल्लो समय यो समुदाय गाउँबस्ती नजिक बस्न थालेको छ । राउटे जाति खस आर्य समुदायको पिछडिएका नेपालको लोपोन्मुख आदिवासी हुन् । फिरन्ते जीवन बिताउने राउटे जातिले खस भाषा बोल्दछन् भने आधुनिक नेपाली भाषा पनि राम्रोसँग बोल्न साथै बुझ्न सक्दछन् ।

पछिल्लो समय राउटे जातिको दैनिक व्यवहार, रहनसहनमा परिवर्तन हुँदै गइरहेको छ । पहिलेको तुलनामा रुपियाँ, पैसा र आधुनिक सामग्रीमा बढी प्रभावित हुन थालेको पाइन्छ । विगतमा पशुपालन गर्दा राम्रो नहुने भन्दै तिरस्कार गर्ने राउटे समुदायका व्यक्तिले मुख्य आहार गुना र बाँदर पाइन छाडेपछि पछिल्लो समयमा चाडबाड नजिँकिदै गर्दा बाख्रा र कुखुरा पाल्ने गरेका छन् । सरकारले उनीहरूलाई मासिक तीन हजार रुपैयाँ र कणर्ाली प्रदेश सरकारले पनि मासिक दुई हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ ।

बिरामी भएमा, चोटपटक लागेमा वा शरीरमा घाउ भएमा राउटेहरुले जडिबुटीको प्रयोग गर्ने गर्छन् । बिरामी परेमा स्वास्थ्य उपचारभन्दा पनि उनीहरु धामी, झाँक्री बसालेर ग्रह काट्ने, भूतको भाग फाल्ने गर्छन् । राउटे जातिले अहिले खुट्टाको सुरक्षाका लागि जुत्ताचप्पल पनि लगाउन थालेका छन् भने आफैँले स्थानीयस्तरमा उत्पादन गर्ने कपडाको मात्रै प्रयोग गर्ने उनीहरु आजभोलि बजारमा पाइने आधुनिक कपडाको प्रयोगतर्फ आकर्षित हुन थालेका छन् । राउटे युवतीहरुले पनि पछिल्लो समय चुरापोतेलगायत श्रृंगार सामग्री प्रयोग गर्न सुरु गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *