उपत्यकामा २२ गतेदेखि सबै सवारी साधन संचालनमा आउने

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं,असार २०

उपत्यकामा आउदो असार २२ mगतेदेखि सबै सवारी साधन सञ्चालनमा आउने भएका छन । उपत्यकका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले असार २२ गते मंगलबारदेखि जोर विजोर प्रणाली हटाउदै सबै सार्वजनिक र निजी सवारी साधान सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

सीडिओ बैठकले २५ जनासम्म उपस्थित हुने गरी भौतिक रुपमा परीक्षा संचालन गर्न शैक्षिक संस्थाहरुलाई अनुमति दिएको छ । तर स्कुल, कलेज, ट्युसन सेन्टर लगायत भने अझै पनि बन्द नै हुने निर्णय गरिएको छ , ।
सवारी साधान संचालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सञ्चालन गर्न पाइने भएको छ । अब काठमाडौं उपत्यकामा माइक्रोबस, टेम्पु लगायतका सबै सवारी साधन समेत चल्न पाउनेछन् । यातायात व्यवसायीले २५ सिट क्षमताभन्दा बढीका गाडी मात्र चलाउन पाउने यसअघिको निर्णय खारेज नभएर २२ गतेदेखि आफै सबै गाडी संचालन गर्ने चेतावनी दिएका थिए । तर, लामो दूरीका सवारी साधन भने संचालनमा अनुमति दिइएको छैन ।


प्रकाशित : २०७८ असार २१, सोमबार ०९:२२