भेरोसेल खोपको दोस्रो मात्रा खोप आजबाट लगाइदै

ByLumbini Darpan Online

२२ असार २०७८, मंगलवार ०५:४८ २२ असार २०७८, मंगलवार ०५:४८ २२ असार २०७८, मंगलवार ०५:४८

कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । चीनले दोस्रो पटक उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा खोप लगाइने भएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई पहिलो मात्रा खोप लगाएको थियो । खोप शाखाका अनुसार पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई दोस्रो मात्रा खोप लगाइनेछ । अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले पनि यो अवधिमा दोस्रो डोज लगाउन पाउने खोप शाखाले जनाएको छ । शाखाका अनुसार यसअघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले दोस्रो मात्रा खोप लाउन पाउनेछन्। भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने तोकिएका खोप केन्द्रमा बिहान १० देखि दिउँसो ४ बजेसम्म जानुपर्नेछ । पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए ।
यता रुपन्देहीमा पनि कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको दास्रो डोज दिने तयारी गरिएको छ । आज र भोली गरी दुइदिनमा दोस्रो डोज दिन लागिएको हो । तिलोत्तमाले भने भोलीदेखि खोप लगाउने भएको छ

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *