असार २२,
नारायणगढ–मुग्लिङ सडक अझै पनि अबरुद्ध अवस्थामा नै छ । । निरन्तर पहिरो खसेकाले बन्द सडक खुलाउन समस्या भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।लगातारको पानीले पहिरो जाँदा चार–पाँच दिनयता सडक खुल्ने र लगत्तै बन्द हुने गरेको छ । निरन्तरको पानीले सडक खण्डको सेती दोभान, चारकिलो र पाँचकिलोमा ठूलो पहिरो खसेको छ ।
अहिले पहिरो हटाउन चारवटा मेसिन र प्राविधिकहरु खटिएका छन् । दिउँसोसम्म पहिरो पन्छाएर सडक खुलाउने गरी प्रयास भइरहेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताएका छन ।
अत्यावश्यक गाडीलाई वैकल्पिक बाटो प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ । काठमाडौं आउने मुख्य सडक बन्द हुँदा दर्जनौँ गाडी र यात्रुबीच बाटोमैरोकिएका छन । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा सडक बन्द छन् ।




















