काठमाडौं ,असार २२
मंगलबार कोरोना भाइरसका २ हजार ६३४ जना कोरोनाका बिरामी थपिएका छन । १२ हजार ५८५ जनामा गरिएको परीक्षणमा २ हजार ६३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रायले जानकारी दिइएको छ ।
जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१६ जनामा संक्रमण देखिएको छ ।१ हजार ५६५ जना कोरोनामुत्तः भएका छन् । आज कोरोनाका कारण १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ९ हजार २६३ जनाको मृत्यु भएको छ ।




















