बुटवलमा २८ किलो चरेससहित २ जना पक्राउ

ByLumbini Darpan Online

२६ असार २०७८, शनिबार १०:३४ २६ असार २०७८, शनिबार १०:३४ २६ असार २०७८, शनिबार १०:३४

 

बुटवल, असार २६

बुटवलमा प्रहरीले २८ किलो लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका ११ देवीनगरस्थित नमस्ते पथबाट बाग्लुङ बढिगाउँ गाउँपालिका ८ निवासी ३६ वर्षीय रोहित राना र सोही ठाउँ निवासी ६३ वर्षीय जीवन पुनलाई प्रहरीले पक्राउ गरेको हो ।प्रहरीले उनीहरुबाट लु २५ प ६५४४ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली र रुपन्देहीको टोलीले लागुऔषध चरेससहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता सत्यनारायण थापाले बताए । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *