असार २६
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले बढि भाडा उठाउने सवारी साधनहरुलाई कार्वाही गरेको छ । जिल्लाको गोरुसिङ्गे सन्धिखर्क सडकखण्डमा चल्ने दुई ओटा बस , तिनओटा हाईस र एउटा जिपमाथीकार्वाहीगरि यात्रुहरुबाट लिएको बढि भाडा यात्रुलाई नै फिर्ता गराई कार्वाहीगरिएको हो ।उक्त सडकखण्डमा चल्ने लु १ ख ७६८२ नम्बरको बस,लु १ ख ९४९५ नम्बरकै बस ,बा ३ ख७८७५ नम्बरको हाईस,प्रदेश नं, ०३–१००५ ख ९७६१ नम्बरको हाईस , प्रदेस नं,०३–१००५ ख ७०७५ नम्बरको हाईस र लु १ ज १९८७नम्बरको जिपमाथीकार्वाहीगरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । सवारी नियन्त्रण लिई कानुनअनुसार जरिवानागरि कार्वाहीगरिएको छ । साथै यात्रागर्दा कुनै पनि सवारी साधनले तोके भन्दा बढि भाडा असुल गरेमा गाडि नम्बर सहितप्रहरीलाई जानकारी गराउनप्रहरीले यात्रुलाई अपिल समेत गरिएको छ ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *