हरि आचार्य, अर्घाखाँची
युग र जनताको माग अनुसार विकास निर्माणका कार्य गर्दै आएको अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ ले फेरी अर्को उदाहरणिय काम गरेको छ ।
नयाँ नयाँ योजना बनाई वडावासीको समस्या समाधान गर्दै आईरहेका वडाध्यक्ष दुर्गा बहादुर विसिले वडा अध्यक्ष शौक्षिक सुधार कार्यक्रम अन्तरगत वडाका सम्पुर्ण बिद्यार्थीहरुलाई झोला बितरण गरेका छन् ।
वडा कार्यालयको आयोजनमा सम्पन्न एक कार्यक्रममा वडा अध्यक्ष दुर्गा बिसीले वडाका सम्पुर्ण बिद्याथीहरुलाई झोला लगायतका शौक्षिक सामाग्री बितरण गरेका हुन् । एक बिद्यार्थी एक झोला कार्यक्रम अन्तरगत वडाका बालशिक्षा देखि कक्षा १० सम्मका ७ सय ५० बिद्यार्थीहरुलाई सामाग्री बितरण गरिएको हो ।
यस्तै वडामा रहेका सम्पुर्ण स्वास्थ स्वयमसेविकाहरुलाई समेत सम्मान गरिएको छ । वडा अध्यक्ष बिसिले स्वास्थ स्वयंसेविकाहरुलाइ मोवाइल सिम, झोला, छाता लगायतका सामाग्री बितरण समेत विरण गरिएको छ ।
यस्तै वडाका कृषकहरुलाइ बिउपल र बेमौषमी फलफुलका बिरुवा बितरण गरिएको छ ।वडा नम्बर १३ ले पत्रकार, वडाका उत्कृष्ट शिक्षक, उत्कृष्ट बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सहकारी सस्थाहरुलाइ समेत सम्मान गरेको छ ।
भौतिक विकास निर्माणले वडा संमृद्ध नहुने भन्दै लक्षित वर्गका कार्यक्रमलाई अगाडि बढाई सामाजिक रुपान्तरणमा पनि उत्तिकै काम गरिरहेको बताए ।