काठमाण्डौं ,आषाढ २७
प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल प्रतियोगिता ९साफ० आयोजना गर्न नेपाल तयार रहेको बताएका छन ।आइतबार प्रधानमन्त्री निबास बालुवाटारमा थ्री नेसन्स कपको उपाधि विजेता राष्ट्रिय फुटबल टिमका खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्री ओलीले साफ खेलकुद नेपालले गर्न सक्ने भन्दै तयारीमा जुट्नुपर्ने बताएका हुन । आयोजक राष्ट्र बंगलादेशले प्रतियोगिताबाट हात झिकेपछि नेपालमा साफ आयोजना गर्न एन्फाले दाबी पेश गरेको छ । प्रधानमन्त्री ओलीले नेपाललाई खेलकुदमा जित्ने बानी परेको र यसलाई निरन्तरता दिनुपर्ने बताए । खेल र खेलाडीको बिकासका लागि राज्य सदैव तयार रहेको प्रधानमन्त्री ओलीको भनाई छ । खेलाडीको जित नै देशको जित भएको भन्दै प्रधानमन्त्री ओलीले अर्को पुरस्कार लिने तयारीमा लाग्न आग्रह गरे । प्रधानमन्त्री ओलीले अखिल नेपाल फुटबल संघ ९एन्फा० र राष्ट्रिय खेलकुद परिषद ९राखेप० लाई साफ आयोजनाको तयारी अघि बढाउन समेत निर्देशन दिए ।




















