ताजा अपडेट

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

धेरै पढिएको

रामपुर १० सिको डाँडा पाल्पाकी सविना एक हप्ता देखि बेपत्ता, खोजिदिन परिवारको आग्रह

ब्लड क्यान्सर बाट पीडित लीला, लिला बचाउ अभियान ,सबैमा सहयोगको याचना

सुनवलबाट एकैदिन तीन किशोरी हराए, खोजिदिन परिवारको आग्रह

रुपन्देहिको तिलोत्तमामा बसको ठक्करबाट १ जनाको मृत्यु

कपिलवस्तुको शुद्धोधनमा चट्याङका कारण १ महिलाको मृत्यु

कपिलवस्तु महोत्सव गृहमन्त्रीले उद्घाटन गर्ने

नक्कली फेसबुक बनाइएकोमा कारवाहीको माग

डाक्टर बन्ने सपना बोकेका बन्जाडे उपाधीमा डाक्टर लेख्ने तयारीमा

  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी
Lumbini Darpan Online
a
Lumbini Darpan Online
  • समाचार
  • समाज
  • प्रदेश
  • राजनीति
  • अर्थ/वाणिज्य
  • विचार
  • विश्व
  • शिक्षा
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • साहित्य
    • अन्तरवार्ता
    • सम्पादकिय
    • विज्ञान/प्रविधि
    • फोटो ग्यालेरी

युरोकप फुटबल :उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्ने

लुम्बिनी दर्पण २०७८ असार २७, आईतवार १७:५८

 

एजेन्सी २४ असार

डेनमार्कलाई पराजित गर्दै इंग्ल्यान्ड इतिहासमै पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार राति डेनमार्कलाई २(१ गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको उपाधि नजिक पुगेको हो।

निर्धारित ९० मिनेटको खेल १(१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा कप्तान ह्यारी केनले विजयी गोल गर्दै इंग्ल्यान्डलाई फाइनलमा पुर्‍याएका हुन्। खेलको ३० औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए। तर खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोनले आत्मघाती गोल गरेपछि खेल १(१ को बराबरी हुन पुग्योखेलको १०४ औं मिनेटमा इंग्ल्यान्डलाई रेफ्रीले पेनाल्टी दिएका थिए। कप्तान केनको पेनाल्टी प्रहारलाई गोलकिपर स्माइकलले रोक्न सफल भएपनि रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए।

 

योसँगै अब आइतबार हुने फाइनलमा इंग्ल्यान्डले इटालीको सामना गर्नेछ।

इटाली उपाधि नजिक

इटाली लन्डनमा मंगलबार राति भएको पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्दै इटाली उपाधि नजिक पुगेको हो। वेम्बली रंगशालामा खेलको निर्धारित ९० मिनेटमा र त्यसपछि थपिएको अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टी सुटआउटमा इटालीले स्पेनलाई ४–२ गोलले स्तब्ध बनाउँदै फाइनल यात्रा तय गर्‍यो।

पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको बर्नार्डेस्ची र जोर्गिन्होले गोल गरेका थिए। म्यानुयल लोकाटेल्लीले भने गोल गर्न सकेनन्। स्पेनका जेरार्ड मोरेनो र थिएगो अल्कान्टाराले मात्रै गोल गर्न सकेका थिए। डानियल ओल्मो र अल्भारो मोराटाले गोल गर्न सकेनन्।

पेनाल्टीमा खेल पुग्नुअघि दुवै टोलीले पहिलो हाफमा गोलरहित बराबरी खेलेका थिए। दोस्रो हाफमा भने इटालीले सुरुआती अग्रता बनाएको थियो। खेलको ६०औं मिनेटमा फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए। काउन्टर एट्याकमा स्पेनिस डिफेन्डरले क्लियर गर्न नसकेको बल नियन्त्रणमा लिँदै उनले उत्कृष्ट गोल गरेका थिए।
खेलको ८०औं मिनेटमा परिवर्तित खेलाडी अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई १–१ गोलको बराबरीमा फर्काएका थिए। फरान टोरेसको स्थानमा ६२औं मिनेटमा मैदान छिरेका उनले डानियल ओल्मोको पासमा गोल गरेका थिए।

तीन पटकको च्याम्पियन स्पेनको फाइनलमा पुग्ने लक्ष्यमा भने गम्भीर धक्का लागेको छ। स्पेनले यसअघिका सबै पाँच सेमिफाइनलमा जित निकालेको थियो। सन् १९६४, २००८ र २०१२ को विजेता स्पेनको चार पटक युरोपियन च्याम्पियनसिप ९युरोकप० जित्ने सपना पूरा हुन सकेन। अन्य युरोपेली राष्ट्रको तुलनामा इटाली र स्पेनबीच सबैभन्दा धेरै पेनाल्टी सुटआउट भएको छ। यी दुई राष्ट्रबीच नतिजा अहिलेसम्म १० पटक पेनाल्टी सुटआउटबाट लिइएको छ। जारी युरोकपमा इटालीले १२ गोल गरिसकेको छ। सेमिफाइनलबाटै घर फर्किएको स्पेनले भने १३ गोल गरेको छ।

यस जितसँगै इटाली ३३ खेलमा अपराजित रहन सफल भएको छ। इटालीले यसअघि ८२ वर्ष अगाडिको आफ्नै कीर्तिमान भंग गरेको थियो। इटालीले सन् १९३५ को अक्टोबरदेखि जुलाई १९३९ सम्म ३० खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो। इटाली युरोकप र विश्वकपजस्ता मुख्य प्रतियोगिताको सेमिफाइनलमा १०औं पटक पुगेको छ। युरोकपको फाइनलमा स्थान बनाएको भने चौथो पटक हो। इटालीले यसअघिका तीन फाइनल भिडन्तमा एक खेलमा मात्र जित निकाल्न सकेको छ। सन् १९६८ मा युगोस्लाभियालाई पराजित गर्दै उपाधि जितेको थियो।

इटालीले क्वार्टरफाइनलमा फिफा वरीयताको शीर्ष टोली बेल्जियमलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो। स्पेनले भने क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गरेको थियो। स्रोत अन्नपूर्ण पोष्ट


प्रकाशित : २०७८ असार २७, आईतवार १७:५८

लुम्बिनी दर्पण

लेखकबाट थप

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै
  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ
  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन
  • मन्त्री घिमिरेद्वारा मुसीवान मोटरेबल पुल उद्घाटन, पहाड–तराई यात्रा सहज बन्दै
  • शुद्धोधन–६ मा जसपाको वडा भेला, सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश
प्रतिक्रिया

यो पनि पढौँ

समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन

मनकामना सामुदायिक वनको १९ औं साधारण सभा : सुशासन, पारदर्शिता र जवाफदेहीता प्राथमिकतामा

राजापानी सामुदायिक वनको २३ औँ साधारण सभा सम्पन्न, पर्यापर्यटन प्राथमिकतामा

दर्शन सहकारीको १९ औँ बार्षिक साधारण सभा सम्पन्न : ज्येष्ठ सदस्य, असल ऋणी र बचतकर्ता सम्मानित

कपिलवस्तुको गौडीचोकमा एक पुरुष मृत फेला

दशैं मनाउन काठमाडौं उपत्यका छाड्ने यात्रुको चाप बढ्यो

भर्खरै

  • समय, प्रविधि र नयाँ पुस्ताको सोच अनुसार एमाले रूपान्तरण हुनुपर्छ : उपाध्यक्ष विष्ट

  • ठाकुरापुरमा बृहत् देउसीभैलो तथा सांस्कृतिक साँझ हुँदै

  • सामाजिक सेवामा रुपक गुप्ताको पहल, ११७ विद्यार्थीले पाए शैक्षिक झोला

  • साना किसान मोतिपुरद्वारा अवकाश प्राप्त कर्मचारीलाई सम्मानसहित विदाइ

  • नथाक्ने पाइला, नझुक्ने जीवन (कविता)

  • बाणगंगा ९ का सामुदायिक वनमा भरुवा बन्दुक लुकाउने क्रम रोकिएन, थप ४ नाल बरामद

  • सडक दुर्घटनाबाट तिलोत्तमाका एक पत्रकारको मृत्यु ।

  • एनपीएल आजदेखि, उद्‌घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • आनी छोइङको नियुक्तिविरुद्ध माइतीघरमा प्रदर्शन

  • अम्बिकादेवी पौडेलको आत्मकथा ‘सङ्कल्पको मेरो यात्रा’ विमोचन


      लुम्बिनी दर्पण मिडिया प्रालिद्वारा संचालित

      लुम्बिनी दर्पण अनलाइन

      बाणगंगा न.पा. ४, कपिलवस्तु

      सम्पर्क नं. ९८५७०५२२८४,  ९८४७०४०९९६, ९८५७०५१०६६, 

           ९८६७८३६४१८

      [email protected]

      कर्पोरेट कार्यालय : तिलोत्तमा , रुपन्देही

      सम्पर्क नं. ९८४७१२५७३७

Team

अध्यक्ष : गोबिन्द पोख्रेल
प्रधान सम्पादक : मोहन बेल्बासे
प्रबन्ध निर्देशक : सुरेन्द्र पाण्डे
कार्यकारी निर्देशक : थानेश्वर अधिकारी 
सम्पादक : भरतराज न्यौपाने
व्यूरो प्रमुख : प्रकाश गौतम
समाचार प्रमुख : हरि आचार्य
प्रविधिक प्रमुख : पवनराज पाण्डे
ग्राफिक डिजाईनर: जनक राज पौडेल  

© 2026: Lumbini Darpan Online | All right reserved | Privacy Policy

Powered by: ProTech